ad ad

समाज


कला र संस्कृतिकाे संरक्षणबाट पर्यटन विकासकाे सम्भावनाः मन्त्री भट्टराई

कला र संस्कृतिकाे संरक्षणबाट पर्यटन विकासकाे सम्भावनाः मन्त्री भट्टराई

नेपालखबर
भदौ २३, २०७६ सोमबार ९:२१,

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ललितपुरलाई कला र संस्कृतिको ‘जीवित म्युजियम’ को रुपमा चित्रण गरेका छन्।

मन्त्री भट्टराईले ललितपुरको मंगलबजारमा सोमबारबाट सुरु भएको ४ दिने ‘सार्क हस्तकला प्रर्दशनी तथा कार्याशाला गोष्ठी’ को उद्घाटन गर्दै ललितपुरलाई कला र संस्कृतिको जीवित म्युजिमयको रुपमा चित्रण गरेका हुन्। उनले ललितपुरसहित काठमाडौं उपत्यकाको कला र संस्कृतिले विश्वकै पर्यटकहरुलाई आर्कषण गरिरहेको पनि स्पष्ट पारे।

मन्त्री भट्टराईले कला र संस्कृतिको धनी भएकाले पनि नेपालमा पर्यटन विकासको अधिक सम्भावना रहेको पनि स्मरण गराए। उनले कला र संस्कृतिको संरक्षण गरेर सरकारले मुलुकको समृद्धिमा योगदान दिन चाहेको पनि बताए।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनले ललितपुर विश्वकै सम्पदाहरुको नमूना सहर भएकाले यसको संरक्षणमा लागि परेको बताए। उनले कला र संस्कृतिको मूल थलोको रुपमा रहेको ललितपुरलाई त्यसकै माध्यामबाट समृद्ध बनाउने प्रतिवद्धता पनि व्यक्त गरे।

४ दिनसम्म चल्ने प्रर्दशनीमा बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्सलगायतका मुलुकको पनि स्टल राखिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .