ad ad

समाज


काठमाडौंसहित केही स्थानमा वर्षा, धेरै ठाउँमा चट्याङको सम्भावना

काठमाडौंसहित केही स्थानमा वर्षा, धेरै ठाउँमा चट्याङको सम्भावना

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार १:०,

अहिले (शुक्रबार बिहान) देशभर मौसम बदली भई काठमाडौं उपत्यकासहित मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशका धेरै स्थानमा चट्याङसहित पानी पर्ने तथा पश्चिमका एक/दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

२४ घण्टे चेतावनी जारी गर्दै महाशाखाले भनेको छ : पहाडी भूभागमा पहिरो जानसक्ने, हवाई तथा तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदीमा पानिको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउनु हुन अनुरोध छ।

महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार काठमाडौंमा रातिदेखि नै वर्षा भइरहेको छ। बितेको १८ घण्टामा उपत्यकामा १३.५ मिलिमिटर वर्षा भएको छ।

‘अझै यो वर्षा ३ घण्टाजति जारी रहने सम्भावना छ,’ नेपालखबरसँग उनले भनिन्, ‘त्यसपछि खुल्ने सम्भावना छ।’

तर साँझपख पुनः वर्षा हुने सम्भावना रहेकाे माैसमविद् पाेखरेलले बताइन्। 

‘न्यून चापीय रेखा औसत स्थान (भारत) मै छ,’ उनले भनिन्, ‘तर त्यो एकदमै सक्रिय भएका कारण त्यसको प्रभाव नेपालमा पनि परेर वर्षा भएको हो।’

यस्तो छ आजदेखि तीन दिनसम्मको मौसमी अनुमान
भाद्र २० गते शुक्रबार
दिउँसो : देशभर आंशकिदेखि सामान्यसम्म बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

राति : देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्म साथै पश्चिम र मध्य भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।

भाद्र २१ गते शनिबार
दिउँसो : देशभर आंशकिदेखि सामान्यसम्म रही थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

राति : देशभरी सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। साथै मध्य र पश्चिमी भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ।

भाद्र २२ गते आइतबार
दिउँसो : देशभर आंशकिदेखि सामान्यसम्म बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

राति : देशभरी सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। साथै पश्चिमी र मध्य भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ।#माैसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .