त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः सुन बरामद भएको छ। विमानस्थल भन्सार कार्यालयले दिएको जानकारीअनुसार मासु काट्ने चक्कुको पछाडि लुकाएर ल्याएको अवस्थामा ४ सय ८० ग्राम सुन बरामद गरिएको हो।
प्रहरीका अनुसार कास्कीका सन्तोष नेपालीले चक्कुको बिँडमा लुकाई ल्याएको अवस्थामा सुन फेला परेको हो।
उनी बुधबार बिहान कतारको दोहाबाट नेपाल वायुसेवा निगमको जहाजमा नेपाल आएका थिए। नेपालीलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभागमा बुझाएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया