ad ad

समाज


अमेरिकी राजदूत बेरी नाचे ‘बीच्च–बीच्चमा’

अमेरिकी राजदूत बेरी नाचे ‘बीच्च–बीच्चमा’

नेपालखबर
भदौ १६, २०७६ सोमबार ८:२,

नेपाली संस्कृति तथा सम्पदाबारे काठमाडौंस्थित अमेरिकी दूतावासको चासो निकै देखिन्छ। भूकम्पपछिको सम्पदा पुनःनिर्माणमा नेपाललाई सहयोग गरिरहेको दूतावासले सामाजिक सञ्जालका आधिकारिक अकाउन्टहरुबाट नेपाली चाडपर्व एउटै नछुटाई अपडेट गर्दै आएको छ।

यही परिप्रेक्ष्यमा यस पटक तीज अवसरमा अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी स्वयं नाचेको भिडियो सार्वजनिक भएको छ। भिडियो राजदूत स्वयंको ट्विटर ह्यान्डलबाट सार्वजनिक गरिएको हो।

भिडियो राखेर उनले तीजको शुभकामना दिएका छन्। ‘तीज पर्व अवसरमा अमेरिकी मिसन परिवारका नेपाली र अमेरिकी महिलासँगै उल्लास मनाउने कार्यक्रममा सहभागी भएँ। उत्साह, खुशी, रंगीन र सशक्त तीजको लागि शुभकामना !’, राजदूत बेरीले  भनेका छन्।

सोही कार्यक्रममा सहभागीहरूको १ मिनेट ५१ सकेन्डको भिडियो उनले ट्विटरमा अपलोड गरेका हुन्।

भिडियोमा १ः३५ मिनेटसम्म कन्यदान फिल्मको ‘तीजको लहर आयो बरिलै’ भन्ने गीतमा रातो सारी लगाएका नेपाली तथा अमेरिकी महिलाको नृत्य छ। त्यसपछि गीत परिवर्तन भएर दुर्गेस थापाको चर्चित तीज गीत ‘बीच्च–बीच्चमा’ पुग्छ। सो गीतमा अमेरिकी राजदूत बेरी नेपाली शैलीमा कम्मर मर्काउँदै र हात हल्लाउँदै नाचेका छन्।

हेर्नुहोस् पूरा भिडियोः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .