ad ad

समाज


फ्रान्स र ब्राजिलका राष्ट्रपतिबीच श्रीमती विवाद !

फ्रान्स र ब्राजिलका राष्ट्रपतिबीच श्रीमती विवाद !

नेपालखबर
भदौ १०, २०७६ मंगलबार १२:५५,

ब्रजिलका राष्ट्रपतिका एक समर्थकले माक्रोंकी श्रीमती ६६ वर्षीया ब्रिगिटबारे फेसबुकमा एक पोस्ट गरेका थिए।

उक्त पोस्टमा ब्रिगिट तथा बोल्सोनारोकी ३७ वर्षीया श्रीमती मिसेल बोल्सोनारूको रूपरङ्गको तुलना गर्न खोजिएको छ।

त्यसको तल लेखिएको छ,‘अब तपाईँले थाहा पाउनुहुनेछ किन म्याक्रोँले बोल्सोनारोको आलोचना गर्छन?’

उक्त पोस्टमा बोल्सोनारूले पोर्चुगिज भाषामा ठट्टाको शैलीमा लेखेका छन्,‘त्यसरी उनलाई नहोच्याऊ हा हा हा।’

उक्त पोस्टमा ब्राजिलका राष्ट्रपतिको प्रतिक्रिया गैरजिम्मेवारी पूर्ण भएको भन्दै म्याक्रोंले बोल्सोनारोको अलोचना गरेका छन्।

बोल्सोनारूको त्यस्तो टिप्पणीबारे सोध्दा म्याक्रोँले त्यो ’अत्यन्त अशिष्ट’ र ’दुखद’ भएको बताएका छन्।

उनले भने,“बोल्सोनारोले मेरी श्रीमतीबारे निकै अनादरपूर्ण कुराहरू गरेका छन्। ब्रजिलका जनताप्रति मेरो उच्च सम्मान छ। म त आशामात्र गर्न सक्छु कि उनीहरूले चाँडै उपयुक्त राष्ट्रपति पाउनेछन्।’

बोल्सोनारोले फ्रान्सले ब्राजिललाई उसको उपनिवेश भएजस्तै व्यवहार गरेको आरोप लगाएका छन्। अमेजन जङ्गलमा फैलिएको भयानक आगलागीपश्चात् दुईबीच कूटनीतिक तिक्तता बढेको हो।

जंगलमा फैलिएको आगलागीमा जी७ मूलुकले २ करोडभन्दा बढी अमेरिकी डलर ब्राजिलाई सहयोग गर्ने घोषणा गरेको छ। तर ब्राजिलले सहयोग अस्वीकार गरेको छ। बीबीसी

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .