पश्चिम बंगालमा तृणमुल कांग्रेस र भारतीय राष्ट्रिय कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन जनाको मृत्यु भएको छ।
झडपमा तृणमूल कांग्रेसका तीन कार्यकताको मृत्यु भएको हो।
शनिबार बिहान पश्चिम बंगालको मुर्शिदावादमा भएको झडपमा तृणमूल कांग्रेसका कार्यकर्ता खैरुद्दीन शेख, सोहेल राणा र परिचय नखुलेका अर्का एक कार्यकर्ताको मृत्यु भएको प्रहरी र स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।
लोकसभाको चुनाव अघि पनि ढोलमोल पञ्चायत समितिका अल्ताफ हुसैनका हत्या भएको थिष्यो। हत्याका आरोपी केही दिनमै रिहा भएका थिए।
शनिबार हत्या हुने सोहेल राणा र खैरुद्दीन शेख अल्ताफका छोरा र भाइ हुन। घटनापछि यस इलाकामा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ। तृणमूलले आफ्ना कार्याकर्ताको हत्याको पछाडि कांग्रेसको हात रहेको आरोप लगाएको छ।
घटनाका बारेमा खैरुद्दीनका छोराले भने, ‘हामी घरमा सुतिरहेका थियौँ, अचानक बम हमाला भयो। उनीहरुले बाबामाथि हमाला गरे।’ उनले केहीदिन पहिले काका अल्ताफको हत्या पनि उनीहरुले नै गरेको र उनीहरु कांग्रेसको कार्यकर्ता भएको बताए।
लोकसभाको निर्वाचनपछि पनि पश्चिम बंगालमा हिंसाको शृंखला नजारी छ। चुनावपछाडि मात्रै १० राजनीतिक कार्यकर्ताको मृत्यु भएको र मृत्यु हुनेमा धेरैजसो तृणमूलका कार्यकर्ता भएको बताइएको छ।
पीश्चम बंगालमा अहिलेसम्म भारतीय जनता पार्टी र तृणमूल कांग्रेसकाबीच झडप हुँदै आएको थियो। शुक्रबार मात्र मुख्यमनत्री ममता बेनर्जीले भाजपाप्रति आक्रमक रुपमा प्रस्तुत भएकी थिइन्। उनले आफ्नो रज्यलाई गुरात बन्न नदिने उद्घोष गरेकै भोलिपल्ट उनका तीन कार्यकर्ताको हत्या भएको हो।
प्रतिक्रिया