नीति आयोगका सदस्य डाक्टर भिके पलले मोडेर्नाको खोपले भारतमा आपतकालीन प्रयोगको लागि स्वीकृति पाएको जानकारी दिएका हुन्।
उनले भनेका छन्,‘अन्तर्राष्ट्रियस्तरमा विकसित मोडेर्ना खोपलाई भारतले स्वीकृति दिएको छ। यो मन्जुरी सीमित प्रयोगका लागि हो।’
यससँगै भारतमा कोरोनाविरुद्ध प्रयोगको लागि अनुमति पाउने खोपको संख्या चार पुगेको छ।
कोभ्याक्सिन, कोभिशिल्ड, स्पुतनिक भी र मोडेर्नाका खोपले प्रयोगका लागि स्वीकृति पाएका हुन्।
मोडेर्नाबाहेकका माथि उल्लेखित तीन खोप भारतले नै उत्पादन गर्दै आएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार हाल फाइजरको खोपलाई पनि भारतमा स्वीकृति दिने विषयमा कुराकानी भइरहेको छ।
प्रतिक्रिया