अमेरिकामा अफ्रिकी (काला जाति) मूलका अमेरिकी नागरिक जोर्ज फ्लोइडको हत्या कसुरमा त्यहाँका तत्कालीन (अहिले पूर्व) एक प्रहरीलाई साढे २२ वर्ष जेल सजाय सुनाइएको छ।
सन् २०२० मेमा मिनिआपुलिस सहरमा फ्लोइडको घाँटी थिचेर हत्या गर्ने तत्कालीन प्रहरी अधिकारी डेरेक शोभिनलाई २२ वर्ष ६ महिना कैद गर्ने फैसला गरिएको हो।
न्यायाधीशका अनुसार ‘पदप्रतिको विश्वास र अख्तियारीको दुरुपयोग तथा खासगरी क्रूरता देखाएका कारण’ सजाय दिइएको हो।
४५ वर्षीय तत्कालीन प्रहरी शोभिनले ४८ वर्षीय फ्लोइडको घाँटी ९ मिनेटभन्दा बढी समय घुँडाले थिचेका थिए। त्यसपछि उनको मृत्यु भएको थियो।
घटना रंगभेदी बर्बर आक्रमण भन्दै विश्वभर आन्दोलनसमेत भएको थिए।
3
Shares
प्रतिक्रिया