मनाङको ङिस्याङ गाउँपालिकामा रहेको हुम्रे प्रहरी चौकी बाढीपहिराको जोखिममा परेको छ।
गत सोमबारदेखि परेको अविरल वर्षाका कारण पालिकाको हुम्रे प्रहरी चौकी जोखिममा परेको हो।
चौकी जोखिममा परेपछि सबै सामान सुरक्षित स्थानमा सारिएको छ। चौकीका साथै पाँच घर पूर्णरुपमा विस्थापित भएका छन्।
विस्थापितलाई सुरिक्षत स्थानमा राखिएको गाउँपालिकाका जनस्वास्थ्य प्रमुख श्रीनारायण यादवले जानकारी दिए।
3
Shares
प्रतिक्रिया