ad ad

राजनीति


खेलकुदमन्त्री मियाँले मागे खेलकर्मीसँग सुझाव

खेलकुदमन्त्री मियाँले मागे खेलकर्मीसँग सुझाव

नेपालखबर
असार ५, २०७८ शनिबार ९:३९,

युवा तथा खेलकुदमन्त्री एकवाल मियाँले खेल क्षेत्रका व्यक्तित्वहरुसँग सुझाव मागेका छन्।

शनिबार ओलम्पिक डे को अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मियाँले युवा तथा खेलकुद मन्त्रालय अन्य मन्त्रालय भन्दा राम्रो बनाउन चाहेको उल्लेख गर्दै मन्त्रालयलाई राम्रो बनाउनका निम्ति सरोकारवालासँग सल्लाह, सुझाव माग गरेका हुन्।

आफ्नो ध्यान खेलकुद क्षेत्रमा राम्रो योजना र रणनीति बनाउनको लागि भएको भन्दै त्यस निम्ति खेल क्षेत्रका व्यक्तिहरुको सुझाव र सहयोग आवश्यक रहेको उनले बताए।

उनले राष्ट्रिय खेलकुद परिषद्को नियमावली छिट्टै बनाउनको लागि टिम बनाउने पनि बताए।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रले विश्वव्यापी रुपमा भातृत्व र मित्रता बढाएको बताए। खेलले शान्ति र विकासको कुरा अगाडी बढाइरहेको पनि उनको भनाई छ।

ओलम्पियनहरु धेरै मानिसहरुको प्रेरणाको स्रोत भएको पनि श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .