काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार ७ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गर्दै आदेश जारी गरेका छन्।
थप भएको समयमा यसअघि भन्दा केही सहज बनाइएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको निर्णय अनुसार खाद्य पसल सञ्चालन हुने समय बढाइएको छ।
पुस्तक पसल र हार्डवेर पसल पनि तोकिएको समयमा सञ्चालन हुन पाउने भएका छन्।
खाद्यपसल र पुस्तक पसल बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ भने हार्डवेर पसल दिउँसो ४ बजेदेखि सञ्चालन गर्न दिने निर्णय भएको आदेशमा उल्लेख छ।
यस्तो छ मंगलबारदेखि लागू हुने आदेश
प्रतिक्रिया