ad ad

समाज


नर्भिकको ओपीडी आइतबारदेखि सञ्चालनमा आउने

नर्भिकको ओपीडी आइतबारदेखि सञ्चालनमा आउने

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार ८:५१,

थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले बन्द रहेको ओपीडी सेवा आगामी आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ।

कोभिड—१९ को दोस्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपीडी सेवा बन्द गरेको थियो।

पछिल्लो समय कोभिड संक्रमण निरन्तर घटिरहेको छ। कोभिड संक्रमण घटेसँगै अस्पतालमा उपचारका लागि आउने कोभिड बाहेकका बिरामीको चाप ह्वात्तै बढेको छ।

कोभिडका बिरामीको संख्या घट्नु र कोभिड बाहेकका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी निजी अस्पताल सञ्चालकहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन) को निर्णयअनुसार नर्भिकले ओपीडी सेवा पुनः सञ्चालन गर्ने भएको हो।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार अस्पतालमा आउने बिरामीको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित ओपीडी सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको हो।

आइतबारदेखि नर्भिकमा कोभिडको दोस्रो लहर फैलिनुअघि सञ्चालनमा रहेका बहिरंग विभागअन्तर्गतका सम्पूर्ण सेवाहरु उपलब्ध हुने उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .