काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ९१५ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७९, भक्तपुरमा ८५ र ललितपुरमा १५१ जना नयाँ संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा संक्रमण दर घट्दै गएको छ भने ग्रामिण क्षेत्रमा बढिरहेको छ।
आज देशभरका ८० हजार ३३६ जना सक्रिय संक्रमित रहेकोमा ४६ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयले प्रदेश १ को पाँचथर, ओखलढुंगा, तेह्रथुम, प्रदेश २ को सिरहा, वागमती प्रदेशमा सिन्धुली र नुवाकोट, गण्डकी प्रदेशमा नवलपरासी पूर्व, लुम्बिीनीको रोल्पा, कर्णालीको रुकुम पश्चिम र सुदूरपश्चिमको दार्चुलामा संक्रमण बढ्दै गएको जनाएको छ।
गएको २४ घण्टामा नेपालमा ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, हिजो देशभर ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको थियो भने काठमाडौं उपत्यकामा १ हजार २२६ संक्रमित थपिएका थिए।
मन्त्रालयका अनुसार आज १ हजार ३१२ जना आईसीयूमा उपचारत रहेकेमा ३७५ भेन्टिलेटरमा छन्। आज ८१ जनाको निधन भएको छ।
प्रतिक्रिया