गएको २४ घण्टामा नेपालमा ५ हजार १५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१७ हजार ६७६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं उपत्यकामा १ हजार २२६ संक्रमित थपिएका छन्। जसमा काठमाडौं ८३६, ललितपुर २६९ र भक्तपुर १२१ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, आज १०८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८ हजार ९८ पुगेको छ।
यो अवधिमा ६ हजार ५७० जना संक्रमणमुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
3
Shares
प्रतिक्रिया