जेरुसलेमको सारी जादेक मेडिकल सेन्टरको कार पार्क गर्ने स्थानमा ठूलो खाल्डो परेको बीबीसीले जनाएको छ।
एक्कासी खाल्डो पर्दा त्यहाँ ३ कारहरु पुरिएको बताइएको छ।
यस घटनाको भिडिओ सार्वजनिक भएको छ जहाँ कारहरु खाल्डोमा विलाएको हामी देख्न सक्छौं।
यो घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ। अधिकारीहरुका अनुसार अस्पताल नजिकै सुरुङ निर्माण भइरहँदा अस्पताल वरपर त्यसको प्रभाव देखिएको हो।
अन्य वैज्ञानिक कारणहरुले गर्दा पनि यसरी नै जमिन भासिने विज्ञहरु बताउँछन्।
जमिनमा पानीको मात्रा बढी भएमा अथवा पानीको मात्रा कम भएमा पनि जमिन भासिने गर्दछ।
(भिडिओ)
प्रतिक्रिया