केही दिनयता घटेको काठमाडौं उपत्यकामा कोरोना संक्रमण आज फेरि ह्वात्तै बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा कुल २ हजार ५७ जना संक्रमित भेटिएका हुन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १६ सय ३०, भक्तपुरमा १२९ र ललितपुरमा २ सय ९८ जना संक्रमित थपिएका छन्।
यता देशैभर भने बितेको २४ घण्टामा ६ हजार ८ सय २५ जना संक्रमित थपिएका छन्। त्यस्तै ५ हजार ९ सय ४ जना निको हुँदा ७५ जनाको मृत्यु भएको छ।
नेपालमा निको हुने दर ८१ प्रतिशत छ।
उक्त अवधिमा कुल २१ हजार ७ सय ७३ जनामा पीसीआर र एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया