ad ad

समाज


अब निषेधाज्ञामा के–के गर्न पाइन्छ? यस्तो छ आदेश

अब निषेधाज्ञामा के–के गर्न पाइन्छ? यस्तो छ आदेश

नेपालखबर
जेठ १९, २०७८ बुधबार १०:५९,

उपत्यकाको निषेधाज्ञा केही खुकुलो हुने भएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधबारको बैठकले एक सातादेखि गरिएको कडाइ कम गर्ने निर्णय गरेको हो।

जेठ २१ गतेदेखि ३१ गतेसम्म लागू हुने निषेधाज्ञामा मर्निङवाक र इभिनिङ वाक गर्न खुल्ला गरिएको छ।

शैक्षिक संस्थाहरु बन्द नै रहने भए पनि वैदेशिक अध्ययनमा जाने विद्यार्थीको हकमा कूटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने भएको छ।

कूटनीतिक नियोगले अति आवश्यक परीक्षा तथा अन्तर्वार्ता गर्न पाउने भएका छन्। अत्यावश्यक उद्योग तथा निर्माण कार्यका लागि कार्यस्थलमै श्रमिक राखेर सञ्चालन गर्न पाउने भएका छन्।

स्वास्थ्य सामग्री, कृषि मल, बीउ तथा खाद्यान्न सामग्री ढुवानी गर्न पाउने भएका छन्।

तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र इन्धन, खाना पकाउने ग्यासलगायतका सवारी राति ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन हुने भएका छन्।

निर्माण सामग्री ढुवानीका सवारी राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुने भएका छन्।

तरकारी, फलफूल, खाद्यान्न, खानेपानी, ग्यास, किराना पसल, डिपार्टमेन्टल स्टोर, सवारी मर्मतका वर्कशप तोकिएको समयमा सञ्चालन हुने भएका छन्।

तरकारी बजारबाहेक फुटकर सञ्चालन गर्न भने नपाइने भएको छ।

सूचना विभागको प्रेसपासका आधारमा पत्रकार र प्रेस पास नहुनेले जिल्ला प्रशासन कार्यालयले जारी गरेको पास अनिवार्य गरिएको छ।

यस्तो छ प्रशासनको आदेश :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .