ad ad

समाज


मुगुमा पहिलो पटक कोरोनाबाट एकको मृत्यु

मुगुमा पहिलो पटक कोरोनाबाट एकको मृत्यु

नेपालखबर
जेठ १८, २०७८ मंगलबार १५:५६,

कोभिड–१९ संक्रमणबाट पहिलोपटक मुगुमा एक वृद्धको ज्यान गएको छ।

मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले जानकारी दिए।

उनका अनुसार ती बृद्धालाई अस्पताल ल्याउनेक्रममा आज बाटोमा नै निधन भएको थियो। एकहप्तादेखि बिरामी हुँदा पनि ती बृद्धा अस्पतालमा जान नमानि घरमा नै रही जडिबुटी सेवन गर्नुभएको बताइएको छ । बृद्धाको मृत्युपछि गरिएको एन्टिजिन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताए।

गत वैशाखदेखि जिल्लामा संक्रमित संख्या वृद्धि भएपनि मृत्यु भएको थिएन। हालसम्म २९४ संक्रमित रहेका जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .