ad ad

समाज


७० बाघका हत्यारा हबिबलाई २० वर्षको प्रयासपछि पक्रियो प्रहरीले

७० बाघका हत्यारा हबिबलाई २० वर्षको प्रयासपछि पक्रियो प्रहरीले

नेपालखबर
जेठ १८, २०७८ मंगलबार १५:३२,

कम्तीमा ७० बाघ मारेको अभियोग लागेका हबिब तालुकदारलाई झन्डै २० वर्षको प्रयासपछि बंगलादेश प्रहरीले पक्राउ गरेको छ।

प्रहरी अधिकारीका अनुसार सरनखोला प्रहरीले दिएको गोप्य सूचनाका आधारमा बंगलादेश प्रहरीले गत शनिबार बिहान ५० वर्षीय हबिब तालुकदारलाई साउथखली संघअन्तर्गत जंगलस्थित मध्य सोनाटोला गाउँबाट पक्राउ गरेको हो।

हबिबलाई गिरफ्तार गर्न सक्नु बंगलादेश प्रहरीले आफ्नो ठूलो सफलता ठानेको छ। हबिब तालुकदारलाई मानिसले टाइगर हबिब का नामले पनि चिन्छन्। प्रहरीले हबिबविरुद्ध तीनवटा वारेन्ट जारी गरेको थियो।

प्रहरी अधिकारीका अनुसार जंगलमा सक्रिय गिरोहको सहयोगमा हबिब प्रहरीबाट बचिरहेका थिए। वर्षाैं पहिले हबिब मह बेच्ने गर्थे तर पछि उनले जंगली जनावर मार्न लागेको आरोप लाग्न थाल्यो।

बीबीसीका अनुसार हबिब तालुकदारले भारत र बंगलादेशको सीमा पर्ने सुन्दरवनस्थित म्यानग्रोभ जंगललाई आफ्नो लुक्ने स्थान बनाएका थिए।

विश्वको विशाल म्यानग्रोभ जंगललाई बंगाल बाघको घर मानिन्छ। यस प्रजातिको बाघ धेरै संख्यामा यही जंगलमा रहेको बताइन्छ। तर पछिल्लो २ दसकयता बाघको संख्या लगातार घटिरहेको थियो।

bangle tigerबंगाली बाघ

बाघका विभिन्न अंग, दाँत, मासु र छालाको कालो बजारी हुने गरेको छ। विश्वभरकै कालो बजारीमा यसको ठूलो माग हुने गरेको बताइन्छ।

बंगलादेश प्रहरी प्रमुख सइदुररहमानले स्थानयि पत्रिका ढाका ट्रिब्युनसँग भनेका छन्, ‘प्रहरीले निकै लामो समयदेखि हबिबको खोजी गरिरहेको थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .