हालै साउथवेस्ट एयरलाइन्समा सवार एक महिला यात्रुले एक महिला फ्लाइट एटेन्डेन्टमाथि हातपात गर्दा उनको दुईवटा दाँत झरेपछि अमेरिकी एयरलाइन्ससँगै अन्य एयरलाइन्स कम्पनीहरु मदिरा सेवा बन्द गर्ने निर्णयमा पुगेका हुन्।
अमेरिकन एयरलाइन्सका प्रबन्ध निर्देशक ब्राडी बार्नसले भनेका छन्,‘फ्लाईट एटेन्डेन्टहरु विमानमा पहिलो पंक्तिका कर्मचारी हुन्। उनीहरु यात्रुलाई सेवा दिन प्रत्यक्ष खटेका हुन्। उनीहरुले नै यात्रुलाई मास्क लगाउनुपर्छ भनेर सिकाउँछन् तर अहिलेको घटनाले उनीहरुको सुरक्षामाथि प्रश्न उठाएको छ।’
मदिरा सेवन गरेर विमानमा कोरोना प्रकोपका बेला मास्क लगाउन नमान्ने र उल्टै विमानका कर्मचारीमाथि दुर्व्यवहार बढेपछि आफूहरु मदिरा बन्द गर्न बाध्य भएको एयरलाइन्स कम्पनीहरुको भनाइ छ।
अमेरिकन एयरलाइन्सले मदिरा सेवाको प्रतिबन्ध आगामी सेप्टेम्बर १३ मा मात्र फुकुवा हुने बताएको छ।
प्रतिक्रिया