विपक्षी दलको संयुक्त वक्तव्यमा ‘नेकपा (एमाले) का वरिष्ठ नेता’ माधवकुमार नेपालले हस्ताक्षर गरेकामा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति प्रकट गरेका छन्।
आज बिहान नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष), राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल पक्षले सरकारविरुद्ध संयुक्त विज्ञप्ति जारी गरेका छन्। पाँच दलमध्ये एउटा दल एमाले पनि उल्लेख छ। जसका तर्फबाट माधव नेपालले हस्ताक्षर गरेका छन्।
नेपाललाई अध्यक्ष ओलीले हालै पार्टीको साधारण सदस्यताबाट समेत निष्कासन गरेका छन्।
यसै क्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहका थापाले नेपालले एमालेका तर्फबाट हस्ताक्षर गर्नु अनधिृकत भएको टिप्पणी गरेका हुन्।
‘अनधिकृत कार्य– विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेको वक्तव्यमा माधवकुमार नेपालको हस्ताक्षर अनधिकृत छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा (एमाले) मा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिँड्न सम्बन्धित दलले कहिल्यै खटाएको पनि छैन। अझै विधि र पद्धति!’
यो पनि : सर्वाेच्च अदालतले संसद् पुनःस्थापना गर्ने र देउवालाई प्रधानमन्त्री बनाउनेमा ५ दल विश्वस्त
प्रतिक्रिया