नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। नेता सुवास नेम्वाङका अनुसार बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।
बैठकका एजेण्डाबारे केही जानकारी नदिइएको नेम्वाङले दाबी गरे।
‘५ बजे बालुवाटारमा हाम्रो पार्टीको स्थायी कमिटी बैठक राखिएको छ,’ नेम्वाङले नेपालखबरसँग भने, ‘एजेण्डा केही जानकारी दिइएको छैन, बैठकमै थाहा हुन्छ।’
पार्टीमा माधवकुमार नेपालसहित ११ जनालाई यसअघि बसेको स्थायी कमिटी बैठकले निस्कासन गर्ने निर्णय गरेको छ। नेपाल पक्षका १२ जनालाई स्पष्टीकरण सोधिएको छ।
पार्टीको निर्णय र निर्देशन विपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेको र सर्वाेच्च अदालतमा समेत गएर २३ जनाले देउवालाई प्रधानमन्त्री बनाउन मुद्दा समेत दर्ता गराएपछि ओली आक्रोशित छन्।
यस्तै नेपाल पक्षका प्रदेश सांसदले सुदुरपश्चिममा माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टलाई साथ दिएपछि ओलीले त्यसबारे थप कारवाही गर्ने योजना बनाएका छन्।
प्रतिक्रिया