ad ad

समाज


पतिको हत्यारा लुकाउन पत्नीले मागिन् तीन लाख

पतिको हत्यारा लुकाउन पत्नीले मागिन् तीन लाख

नेपालखबर
भदौ २, २०७६ सोमबार ८:५२,

श्रीमान्को हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन्।

घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। विसं २०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले चम्पिरा खोलाको भिरबाट धकेलेर हत्या गरेको आरोप छ। घटनापछि छिमेकी हरिबहादुर लम्सालले घटना लुकाउन अभियुक्तसँग रु तीन लाख मागेको बयानमा उल्लेख छ।

केही समयपश्चात् मृतक पूर्णबहादुरकी श्रीमती मीनाले मुख्य अभियुक्त रम्तेलसँग पैसा मागेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए।

स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र विष्णु बयलकोटीले मीनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेको आरोप लागेको छ। रम्तेलसँग मीनाले रु दुई लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। आफ्नै पतिको हत्याराबाट लिएको सो रकम सदरमुकामस्थित एक सहकारी संस्थामा रु एक लाख ७० हजार र रु ३० हजार आफ्नी सासूलाई भैँसी किन्न दिएको बयानका क्रममा खुलेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .