ad ad

समाज


रुपन्देहीका पत्रकार चौधरीको कोरोना संक्रमणका कारण निधन

रुपन्देहीका पत्रकार चौधरीको कोरोना संक्रमणका कारण निधन

नेपालखबर
जेठ ५, २०७८ बुधबार ८:३३,

नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सदस्य हिक्मत चौधरीको कोरोना संक्रमणका कारण ६० वर्षको उमेरमा निधन भएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि १० दिनदेखि रुपन्देहीको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत चौधरीको स्वास्थ्यमा थप समस्या आएपछि दुईदिनदेखि भेन्टिलेटरमा राखी उपचार भैरहेकोमा आज बिहान उपचारकै क्रममा निधन भएको हो।

स्वर्गीय चौधरीका श्रीमती, चार छोरी र दुई छोरा छन्।

तिलोत्तमा–५ मणिग्राम निवासी पत्रकार चौधरीले रेडियो लुम्बिनीमा डेढदशक काम गरेका थिए। उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र अनुभवी पत्रकार गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ।

महासंघका अनुसार कोरोनाकै कारण हालसम्म १५ जना पत्रकारको निधन भएको छ भने ८ सयभन्दा बढी पत्रकार संक्रमित भएका छन्।

पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ। कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न महासंघले सबै पत्रकारमा अपिल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .