ad ad

समाज


दुगड समूहको सहयोगमा नेपालगञ्ज मेडिकल कलेजका बिरामी र कुरुवालाई खानाको व्यवस्था

दुगड समूहको सहयोगमा नेपालगञ्ज मेडिकल कलेजका बिरामी र कुरुवालाई खानाको व्यवस्था

नेपालखबर
जेठ २, २०७८ आइतबार ११:२७,

के एल दुगड समूहको मुख्य सहयोगमा मेडिकल कलेज कोहलपुरमा दैनिक चार सय जनालाई खाना खुवाउने कार्यक्रम सुरु गरिएको छ।

नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तिनका आफन्तहरुलाई २ महिनासम्म खान पुग्ने खाद्यान्न के एल दुगड ग्रुपले उपलब्ध गराउने भएको छ।

कोरोना संक्रमित र उनीहरुका कुरुवालाई लक्षित गर्दै स्थानीय समाजसेवीले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई के एल दुगड ग्रुपले २ महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको हो।

बाँके र यस आसपासको जिल्लाहरुबाट आएका संक्रमित र कुरुवा आफन्तहरुलाई खानाको समस्या भएपछि स्थानीय समाजसेवीले सहुलियत मूल्यमा खाना खुवाउने प्रबन्ध मिलाएका छन्।

प्रत्येक दिन बिहान २ सय जना र बेलुका २ सय जना संक्रमित तथा तिनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम सञ्चालनमा ल्याइएको अशोक कोइरालाले बताए।

‘बाहिर निषेधाज्ञा, कोरोनाका बिरामी कुरुवालाई खाना खुवाउन होटल ब्यवसायी डराईरहेको अवस्था र किनेरै खान्छु भन्दा पनि पानी समेत नपाएको कारुणीक अवस्था देखेपछि हामीले अभियान चलायौं’ कोईरालाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .