ad ad

समाज


इजरायलले हमासका नेता याह्या अल–सिनवारको घरमा हान्यो रकेट, २६ को मृत्यु

इजरायलले हमासका नेता याह्या अल–सिनवारको घरमा हान्यो रकेट, २६ को मृत्यु

नेपालखबर
जेठ २, २०७८ आइतबार ११:९,

युद्धक विमानबाट आक्रमण गरिएको थियो। यस आक्रमणमा कति मानिस मारिए भनेर हालसम्म दुवै पक्षले खुलाएका छैनन्।

यद्यपी समाचार संस्था रोयटर्सले त्यहाँका स्वास्थ्य अधिकारीलाई उदृत गर्दै सो आक्रमणमा २६ जनाको मृत्यु भएको उल्लेख गरेको छ। इजरायलले आइतबार गाजाको दुई भवनमा आक्रमण गरेको समाचारमा जनाइएको छ।

सो आक्रमणपछि प्यालेस्टाइनका इजराय विरोधी समूह हमासले इजरायलतर्फ रकेटहरु आक्रमण गरेका थिए।

गतहप्ताको सोमबारदेखि सुरुवात भएको इजरायल–हमास द्वन्द्वमा हालसम्म प्यालेस्टाइनतर्फ १५० भन्दा बढीको ज्यान गएको छ। मारिएकामध्ये ४१ बालबालिका भएको बताइएको छ।

इजरायलतर्फ भने १० जनाको मृत्यु भएको जनाइएको छ। हालै इजरायलका प्रधानमन्त्री बेन्जामित नेतन्याहुले जबसम्म इजरायलका नागरिकको सुरक्षा सुनिश्चित हुँदैन तबसम्म हमासविरुद्ध आक्रमण गरिरहेको बताएका थिए।

अन्तर्राष्ट्रिय समुदायले इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्व अन्त्यको अपिल गरेका छन्। आइतबार संयुक्त राष्ट्रसंघमा यसै द्वन्द्वको विषयमा छलफल हुँदैछ।

याे पनि: प्यालेस्टाइन र इजरेलको आकाशभर रकेट बमकाे वर्षा, ७४ को मृत्यु (फोटो/भिडिओ)

सुरक्षा कवच ‘आइरन डोम’ जसले इजरेललाई हमासको सयौं रकेटबाट बचायो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .