प्रहरीले करणी आरोपमा भक्तपुरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ।
१६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका ५ छालिङ बस्ने भारत मोतिहारी घर भएका १९ वर्षीय जितेन्द्र कुमार महतोलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
महतोले ती किशोरीलाई उनकै कोठामा जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया