ad ad

समाज


पुल भाँचिएर त्रिशूलीमा बेपत्ता एकको शव भेटियो

पुल भाँचिएर त्रिशूलीमा बेपत्ता एकको शव भेटियो

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ८:५,

पुल निर्माणका क्रममा भाँचिदा बेपत्ता भएका अर्का एक जनाको शव आज भेटिएको छ।

भारतको पश्चिम चम्पारणका २८ वर्षीय श्यामबाबु पाठकको शव भेटिएको हो।

भरतपुर महानगरपालिका–१ स्थित ठिमुरा–देवघाट जोड्ने पुल निर्माणका क्रममा वैशाख १२ गते भाँचिदा दुई बेपत्ता भएका थिए। बेपत्तामध्ये अर्को एक जनाको बुधबार शव भेटिएको थियो।

निर्माणाधीन अवस्थामा रहेको पुलमुनि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका अनुसार शवलाई गोताखोरका टोलीले निकाली भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

कोरोना सङ्क्रमितको मृत्यु 
हेटौँडाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचाररत हेटौँडा उपमहानगरपालिका–१२ का एक वृद्धको मृत्यु भएको हो। ८० वर्षीय उनको आज बिहान ९ : १५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। निमोनियाका कारण वैशाख १ गते कोरोना परीक्षण गर्दा सङ्क्रमित भई भरतपुर अस्पतलमा उपचाररत उनको उपचारका क्रममा कोेभिड सघन उपचार कक्षमा मृत्यु भएको हो।

गैँडा मृत फेला
चितवन राष्ट्रिय निकुञ्जमा आज एक भाले गैँडा मृतावस्थामा भेटिएको छ। निकुञ्जको बुढीराप्ती क्षेत्रमा अन्दाजी ३० वर्षको गैँडा मृत भेटिएको हो।

उक्त गैँडाको खुर, खाग सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो। यससँगै चालु आर्थिक वर्षमा ३१ गैँडा मरेका छन्। जसमध्ये चार चोरी शिकारीले र २७ वटा प्राकृतिक कारणले मरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .