ad ad

कारोबार


न्यूनतम १० अर्ब चुक्ता पुँजी भएको नयाँ पुनर्बीमा कम्पनी स्थापना हुने

न्यूनतम १० अर्ब चुक्ता पुँजी भएको नयाँ पुनर्बीमा कम्पनी स्थापना हुने

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ७:३७,

न्यूनतम १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको नयाँ पुनर्बीमा कम्पनी आउने भएको छ। निजी क्षेत्रको सहभागितामा नयाँ पुनर्बीमा कम्पनी आउने भएको हो।

त्यसको लागि बीमा समितिले नयाँ कम्पनीको लागि आवेदन खुल्ला गरेको हो।

आज एक सूचना जारी गर्दै समितिले पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ।

नेपालमा रहेको एकमात्रै नेपाल पुनर्बीमा कम्पनी लिमिटेडलाई थप प्रतिस्पर्धी र प्रभावकारी बनाउनको लागि भन्दै नयाँ पुनर्बीमा कम्पनी स्थापनाको लागि आह्वान गरेको बीमा समितिले बताएको छ।

यसको लागि इच्छुक प्रस्तावकले २१ दिनभित्र बीमा समितिको नाममा सम्बोधन भएको सिलबन्दी प्रस्ताव पेश गर्न सक्ने बीमा समितिले जारी गरेको सूचनामा उल्लेख छ।

नयाँ कम्पनीको लागि बीमा समितिले तोकेको शर्त यस्ता छन्
१. यो सूचना प्रकाशित भएको मितिले २१औं दिन, दिनको १२ बजेभित्र यस समितिको नाममासम्बोधन भएको सिलबन्दी प्रस्ताव सम्बन्धित प्रस्तावक व्यक्ति वा संस्थाको नाम ठेगाना स्पष्ट खुल्ने गरीयस समितिमा दर्ता भएको हुनुपर्नेछ।

२. प्रस्तावित पुनर्बीमा कम्पनीको चुक्ता पुँजी प्रस्ताव गर्दा कम्तीमा १० अर्व रुपैंउा नघट्ने गरीप्रस्ताव गर्नुपर्नेछ।

३. प्रस्तावकले यसअघि नै नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरेको (क्रस होल्डिङ भएको) भए त्यस्तो प्रस्तावक लगानीकर्ताको प्रस्ताव अमान्य हुनेछ।

४. प्रस्तावकले प्रस्तावित पुनर्बीमा कम्पनीका लागि प्रस्ताव पेस गर्दा यस समितिबाट जारी गरिएको बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, बमोजिमका संस्थापना तथा दर्ता सम्बन्धी प्रावधानमा उल्लेखित बुदाहरू समेत समावेश गरेको हुनुपर्नेछ।

५. रीतपूर्वक पेस नगरिएको, म्याद नाघी प्राप्त भएको वा कुनै सर्त समावेश गरी पेस भएका प्रस्तावहरू उपरकुनै कारबाही हुनेछैन।

६. प्रस्तावकले पेस गरेका प्रस्तावहरू मध्ये यस समितिबाट तयार हुने मूल्यांकनका आधारहरूमा उच्चतम अंक प्राप्त गर्ने एक प्रस्तावकलाई मात्र छनोट गरिनेछ।

७. समितिमा दर्ता भएका प्रस्तावहरू यसै सूचनाद्वारा रद्द गरिएको छ। उक्त प्रस्तावकहरूले प्रस्ताव दर्ता गर्न चाहेमा यसै सुचना बमोजिम गर्नपर्नेछ।

८. यस सूचना बमोजिम पेस हुन आएका कुनै वा सबै प्रस्तावहरू कुनै कारण खुलाई वा नखुलाई स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार समितिमा सुरक्षित रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .