ad ad

समाज


मानिसको भीडमा हुइँकिन आएको गाडी यसरी नियन्त्रणमा लिइयो, भिडिओ बन्यो भाइरल

मानिसको भीडमा हुइँकिन आएको गाडी यसरी नियन्त्रणमा लिइयो, भिडिओ बन्यो भाइरल

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार १३:७,

प्रहरीका अनुसार लागुपदार्थ सेवन गरेका ३२ वर्षका व्यक्तिले कार चलाउँदा झन्डै ठूलो दुर्घटना निम्तिएको हो।

त्यो कार भीडमा हुइँकिन आइपुगेको थियो। गाडी भीडमा जताततै चलेपछि त्यहाँका मानिसहरुले कारलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए।

हाल अनियन्त्रित किसिमले आइपुगेको गाडीका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

त्यो गाडी कसरी नियन्त्रणमा आयो त? वास्तवमा एउटा साहसी व्यक्तिले दौडिँदै झ्यालबाट छिरेर कुदिरहेको उक्त गाडीलाई रोकेका थिए।

ती व्यक्तिले आतङ्ककारी आक्रमण भएको हो कि जस्तो लागेको र त्यो रोक्न आफूले ज्यान जोखिममा राखेर त्यसो गरेको बताएका छन्।

हाल अल्बेनियासँगै विश्वभरबाट गाडीको झ्यालबाट छिरेर गाडी रोक्ने व्यक्तिको साहसको प्रशंसा भइरहेको छ। बीबीसी

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .