ad ad

समाज


रवि लामिछानेसहित तीनै जनालाई पुर्‍याइयो चितवन, आज अदालत पेस गरिने

रवि लामिछानेसहित तीनै जनालाई पुर्‍याइयो चितवन, आज अदालत पेस गरिने

नेपालखबर
साउन ३१, २०७६ शुक्रबार ३:२६,

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रककरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई चितवन पुर्‍याइएको छ।

हिजो बिहीबार टेलिभिजन कार्यालयबाटै पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई कडा सुरक्षाबीच मध्यराति चितवन जिल्ला प्रहरी कार्यालय पु¥याइएको हो।

उनीहरूलाई आजै चितवन जिल्ला अदालत पेस गरिने चितवन प्रहरीले जनाएको छ।

एसपी दानबहादुर मल्लका अनुसार एसपी दानबहादुर मल्लका अनुसार मोबाइलमा खिचिएको भिडियोको फरेन्सिक रिपोर्ट आएको छ। उनले भने,‘पोस्टमार्टम रिपोर्ट पनि आउँछ।’

रवि लामिछानेका कानुन व्यवसायी र परिवारका सदस्य पनि चितवन पुगेका छन्।

तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा अन्य थनुवालाई सरह राखिएको छ।

पत्रकार पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .