प्रदेश ५ को नेकपा प्रदेशसभा प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा शुक्रबार बिहान अज्ञात समूहले बम विस्फोट गराएको छ।
रूपन्देहीको सैनामैना–७ रामापुरमा रहेको उनको घरमा बिहान २ बजेतिर ३ वटा पेट्रोल बम प्रहार भएका हुन्।
प्रहरीका अनुसार सचेतक ढकाल सुत्ने कोठा, उनका बुवा–आमा सुत्ने कोठा र उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीलाई लक्ष्य गरी अज्ञात समूहले बम प्रहार गरेकाे हाे।
प्रहरीको टोली अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेकाे छ। बम कसले प्रहार गरेकाे हाे भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ।
सचेतक ढकाल चार दिनदेखि काठमाडौंको मेडिसिटी हस्टिलमा उपचार गराइरहेका छन्।
प्रतिक्रिया