ad ad

समाज


जब छापामार शैलीमा शिक्षामन्त्री सीटीईभीटी पुगे...

 जब छापामार शैलीमा शिक्षामन्त्री सीटीईभीटी पुगे...

नेपालखबर
साउन ३०, २०७६ बिहिबार १६:१,

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले आकस्मिक रुपमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को छड्के अनुगमन गरेका छन्।

बिहीबार अपरान्ह सचिवालयको टिम, योजना शाखाका उपसचिव र लेखा प्रमुखसहित छापामार शैलीमा सीटीईभीटी पुगेका मन्त्री पोखरेलले त्यहाँका विभागीय प्रमुखहरुसँग कार्ययोजनाको विवरण माग गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग करार सम्झौता गरेपछि मन्त्रीलाई आफ्नो काम देखाउन चर्को दबाब परेको छ। प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेपछि मन्त्री पोखरेल ‘एक्सन’मा उत्रिएका हुन्।

बिहीबार अपरान्ह सीटीईभीटी पुगेका मन्त्री पोखरेलले सहसचिव र अन्य कर्मचारीसँग सोही दिनको कार्य सम्पादन योजना मागेका थिए।

सीटीईभीटीमा काम कम र राजनीतिकरण बढी हुन थालेको भन्दै उनले इमान्दारिता पुर्वक काममा लाग्न निर्देशनसमेत दिए। अन्तिम सममा आएर गरिने कामले फल राम्रो नदिने भन्दै उनले हरेक महिनाको पहिलो दिनबाटै काम गर्न निर्देशन दिए। ‘डे वान (पहिलो दिन)बाटै तीव्र गतिका काम अगाडि बढाृउनुहोस्’, उनले भने ‘अन्तिम समयमा आएर गरिने कामले राम्रो फल दिँदैन।’ पहिलो दिनबाटै काम अगाडि नबढाए तोकिएको कार्यसम्पादन गर्न नसकिने भन्दै ढिलासुस्ती गर्ने कर्मचारीलाई कारबाही गर्न समेत उनले विभागीय प्रमुखलाई निर्देशन दिए।

काम बढी र हल्लाखल्ला कम गर्न रुचाउने मन्त्री पोखरेल पछिल्लो समय शिक्षा मन्त्रालयको कार्यसम्पादन सोचे कमजोर भएपछि एक्सनमा उत्रिएका हुन्। उनले सीटीईभीटीका कर्मचारीलाई हरेक दिन र महिनाको कार्य योजना बनाउन र त्यसलाई चौमासिक योजनामा डालेर काम गर्न निर्देशन दिए।

उनले अन्य मन्त्रालयजस्तो शिक्षा मन्त्रालयलाई १२ महिना काम गर्ने अवसर नरहेको भन्दै उनले सम्पूर्ण काम ९ महिनामा सक्नुपर्ने बाध्यतालाई बुझेर काम गर्न निर्देशन दिएका हुन्। ‘अन्य मन्त्रालयलाई जस्तो १२ महिना काम गर्न पाउने हामीलाई अवसर छैन’, उनले भने, ‘सबै काम ९ महिनामा सक्नुपर्छ। त्यो बाध्यतालाई बुझेर काम गर्नुहोस्।’

मन्त्र िपोखरेलको निर्देशनपछि सीटीईभीटीका उपसचिव र विभागीय प्रमुखले कार्यप्रगति विवरण राखेका थिए। उनीहरुले मन्त्रीको निर्देशनअन्ुरुप कार्य योजना बनाएर अगाडि बढ्ने बताएको मन्त्रीका स्वकीय सचिव पुरन केसीले नेपालखबरलाई बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .