ad ad

समाज


जिल्ला प्रशासन कार्यालय बर्दिया देशभरमै पहिलो

जिल्ला प्रशासन कार्यालय बर्दिया देशभरमै पहिलो

नेपालखबर
साउन ३०, २०७६ बिहिबार १५:३३,

देशभरका ७७ जिल्लाहरुलाई उछिन्दै बर्दिया जिल्ला प्रशासन कार्यालय (जिप्रका) पहिलो भएको छ।

अघिल्लो वर्षको कार्य सम्पादनसम्बन्धी नेपाल सरकारको मूल्याङ्कनमा बर्दिया जिप्रका पहिलो भएको हो। अर्थिक वर्ष २०७५/७६ को कार्य सम्पादनमा देशभरका ७७ जिल्लामध्ये नेपाल सरकार गृह मन्त्रालयको मूल्याङ्कनमा जिल्ला प्रहरीसहित जिल्ला प्रशासन कार्यालय बर्दिया पहिलो भएको प्रजिअ रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए।

बर्दियाको शान्तिसुरक्षा, सुशासन, सेवा प्रवाह, विपद् व्यवस्थापन, घुम्ती सेवा प्रवाह, विकास निर्माणको अनुगमन, बजार अनुगमन लगायतका राम्रा काममा बर्दिया जिल्ला प्रशासन कार्यालयले पहिलो प्राथमिकतामा राखेको उनले बताए। झण्डै १४ महीनाअघि बर्दिया आएका कुरुम्वाङले बर्दिया बसाइका क्रममा काम गर्दा सबैबाट ठूलो सहयोग प्राप्त भएको बताए। प्रजिअ कुरुम्वाङले आफ्ना सहकर्मी, सञ्चारकर्मी, नागरिक समाजलगायत सम्पूर्ण बर्दियावासीको सहयोगले गर्दा काम गर्न सहज भएको बताए।

बर्दियावासीको सहयोगका कारण देशभरमै पहिलो जिल्ला हुन सफल भएकामा गौरवान्वित भएको कुरुम्वाङले बताए। बर्दियाका प्रजिअ कुरुम्वाङ ‘इन्टिग्रिटी आइडल २०१८ बाट ६ महीना अघि विजेता भएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .