ad ad

समाज


जनकपुरमा यात्रु बोकेर गुडिरहेको गाडीमा अचानक आगो दन्क्यो !

जनकपुरमा यात्रु बोकेर गुडिरहेको गाडीमा अचानक आगो दन्क्यो !

शैलेन्द्र महतो
बैशाख ११, २०७८ शनिबार १४:३७,

जनकपुरमा गुडिरहेको हाइसमा अचानक आगलागी भएको छ।

जनकपुर–काठमाडौं चल्ने हाइस गुडिरहेका बेला शनिबार साँझ पौने ७ बजे जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि अकस्मात् जलेको हो।

गाडीमा यात्रुसमेत थिए। आगो लागेपछि यात्रु तुरन्तै ओर्लेर भागेको प्रत्यक्षदर्शीले बताएका छन्।

बारुण यन्त्र, प्रहरी र स्थानीयले आगो निभाए पनि हाइस भने पूर्ण रूपमा जलेको छ।

गाडी नम्बर खुल्न नसकेको र आगो कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .