ad ad

समाज


वीरेन्द्र अस्पतालको शिलान्यास, ६ हजारलाई उपचार गर्ने क्षमता

वीरेन्द्र अस्पतालको शिलान्यास, ६ हजारलाई उपचार गर्ने क्षमता

नेपालखबर
बैशाख ११, २०७८ शनिबार ९:१२,

प्रधानमन्त्री केपी शर्मा ओलीले वीरेन्द्र अस्पतालको शिलान्यास गरेका छन्।

आधुनिकीकरण गरेर निर्माण हुन लागेको अस्पतालको ओलीले छाउनीमा आज शिलान्यास गरेका हुन्।

उक्त अस्पताल नेपाल सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषले निर्माण गर्न लागेको हो। अस्पताल ७५० शैया क्षमताको हुने नेपाली सेनाले जनाएको छ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहासको सम्मान र आगामी दिनहरुको लागि नव निर्माण गर्दै 'समृद्ध नेपाल सुखी नेपाली' को राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको बताए।

 ५०० जना घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको उक्त अस्पताल पूर्ण रुपमा संचालनमा आएपछि विपदको अवस्थामा ६००० जनासम्मलाई उपचार गर्ने क्षमताको रहने छ।

२०७ रोपनी जग्गामा निर्माण हुने उक्त अस्पतालमा अबको ७ वर्षमा सेवा शुरु हुने र १० वर्षभित्र पूर्ण रुपमा संचालन हुने योजना रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .