ad ad

समाज


शिकार खेल्न गएका तस्करहरु हात्तीको आक्रमणमा परे, एकको मृत्यु

शिकार खेल्न गएका तस्करहरु हात्तीको आक्रमणमा परे, एकको मृत्यु

नेपालखबर
बैशाख ६, २०७८ सोमबार १२:२५,

हात्तीको आक्रमणमा परेर एकको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्।

दक्षिण अफ्रिकाको स्यानपार्कमा आइतबार जंगली जनावर मार्नका लागि तीन तस्करहरु अवैध रुपमा घुसेका थिए।

सम्भवतः उनीहरु गैंडा मार्नका लागि जंगल पसेको हुनसक्ने अनुमान गरिएको छ।

यद्यपी बिचमै हात्तीले आक्रमण गरेपछि एकको मृत्यु भएको र अन्य दुईले भागेर ज्यान जोगाएको बीबीसीले जनाएको छ।

ती दुई भागेर हात्तीको प्रजनन् हुने स्थानमा पुगेका थिए। उनीहरुलाई त्यहाँका सुरक्षाकर्मीले बन्दुकसहित नियन्त्रणमा लिएका छन्।

सन् २०१९ मा दक्षिण अफ्रिकामै एक गैंडा तस्करलाई हात्तीले आक्रमण गरी मारेको थियो भने लाशलाई सिंहले खाएको थियो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .