ad ad

राजनीति


किन अन्त्य गरियो संसद अधिवेशन? सञ्चारमन्त्रीले दिए यस्तो स्पष्टीकरण

किन अन्त्य गरियो संसद अधिवेशन? सञ्चारमन्त्रीले दिए यस्तो स्पष्टीकरण

नेपालखबर
बैशाख ६, २०७८ सोमबार १२:१५,

सरकारले संसदको हिउँदे अधिवेशन एकाएक अन्त्य गरेकोबारे सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले स्पष्ट पारेका छन्।

सभामुखलाई समेत जानकारी नदिइ संसद अधिवेशन अन्त्य गरिएको चर्चा चलिरहेका बेला सरकारका प्रवक्ता मन्त्री गुरुङले कोरोना संक्रमण बढ्दै गएका कारण संसद अधिवेशन अन्त्य गर्नुपरेको बताएका हुन्।

सोमबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले सरकार परिवर्तन गर्न चाहनेको पनि खासै गतिविधि नदेखिएको दाबी गरे।

‘कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा हामीले २५ जना भन्दा बढी भेला नहुने भनेका छौं। आफैँ यस्तो नियम बनाएपछि संसद बैठक कसरी बस्छ?’ उनले भने, फेरि अहिले सरकार परिवर्तन गर्न चाहनेको पनि खासै गतिविधि देखिएको छैन।’

उनले सरकारको समर्थन गरेका दलहरुले समर्थन पनि फिर्ता नलिएको र नयाँ सरकार बनाउन गतिविधि पनि अघि नबढाएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .