ad ad

समाज


जिल्ला प्रशासन गुल्मीका कर्मचारी सवार गाडी प्युठानमा दुर्घटना, ३ जनाको मृत्यु, १२ घाइते

जिल्ला प्रशासन गुल्मीका कर्मचारी सवार गाडी प्युठानमा दुर्घटना, ३ जनाको मृत्यु, १२ घाइते

नेपालखबर
बैशाख १, २०७८ बुधबार ७:१४,

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेर स्वर्गद्वारी दर्शनमा गइरहेको गाडी प्युठानमा दुर्घटना भएको छ।

लु१ज १६५५ नम्बरकाे जिप बुधबार बिहान दुर्घटनामा परेकाे हाे। दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्।

दुर्घटनामा सूर्य पन्थी, ईश्वरी भण्डारी र अर्का एक कर्मचारीको ज्यान गएको घटनास्थलमा रहेका प्रहरी नायब निरीक्षक बुद्धिप्रसाद रानाले नेपालखबरलाई जानकारी दिए।

एक जनाको उपचारका क्रममा र दुई जनाको घटनास्थलमै ज्यान गएको हो।

घाइतेमध्ये एक जना गाडीमै च्यापिएको र उनलाई निकाल्ने प्रयास भइरहेको उनले बताए। केही समय पहिलेसम्म बोल्दै गरेका उनी अहिले बोल्न छाडेका छन्। अन्य घाइतेको पनि अवस्था गम्भीर छ।

स्वर्गद्वारी नगरपालिका ३ रूमालेस्थित कच्ची सडकमा ओभरटेक गर्ने क्रममा गाडी सडकबाट तल खसेको रानाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .