ad ad

खेल


आईपीएलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दै

आईपीएलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दै

नेपालखबर
बैशाख १, २०७८ बुधबार ७:६,

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा बुधबार सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुँदै छ।

खेल चेन्नईस्थित एम ए चिदम्बरम स्टेडियममा पौने ८ बजे हुनेछ।

हैदरावादको कप्तानी डेविड वार्नर र बैग्लोरको कप्तानी विराट कोहलीले सम्हाल्नेछन्।

आजको खेलमा हैदरावाद पहिलो जितको खोजीमा हुनेछ। हैदरावाद पहिलो खेलमा कोलकता नाईड राइडर्ससँग १० रनले पराजित भएको थियो।

यता बैग्लोर भने जितको शृङखलालाई कायम राख्न चाहान्छ। बेंग्लोरले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई २ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो।

हालसम्मको १८ भेटमा हैदरावादले १० पटक जित निकालेको छ। भने ७ पटक हार भोगेको छ। १ खेल भने नतिजाविहीन भएको छ।

यी दुई टोलीको भेटमा हैदरावादले २ सय ३१ रनको सर्वाधिक योगफल बनाउँदा १ सय ३५ रनको कम स्कोर खेलेको छ।

यता बेंग्लोरले भने २ सय २७ रनको सर्वाधिक स्कोर खेल्दा १ सय १३ रनको कम स्कोर बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .