भोजपुरको अरुण गाउँपालिका–४ छाम्ताङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सोमबार राति धरानबाट भोजपुरतर्फ आउँदै गरेको ना३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा ट्रकका मालिक मोरङ पथरीशनिश्चरे–८ का ४३ वर्षीय भेषबहादुर बस्नेतको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ट्रक चालक अरुण गाउँपालिका–६ जरायोटारका २० वर्षीय जनकबहादुर खड्का गम्भीर घाइते भएकाले विराटनर्सिङ कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
शव परीक्षण भने आज जिल्ला अस्पताल भोजपुरमा भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक प्रदीप लामाले बताए। रासस
3
Shares
प्रतिक्रिया