ad ad

समाज


भारतमा तीव्र गतिमा कोरोना संक्रमित थपिँदा महाराष्ट्रमा कडा लकडाउन

भारतमा तीव्र गतिमा कोरोना संक्रमित थपिँदा महाराष्ट्रमा कडा लकडाउन

नेपालखबर
चैत २३, २०७७ सोमबार ६:१२,

कोरोनाविरुद्धको खोप कार्यक्रम जारी रहेता पनि पछिल्लो समय भारतमा तीव्र गतिमा कोरोना संक्रमितहरु थपिइरहेका हुन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अाइतबार मात्र ९३ हजार २४९ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ कोरोनाले ५१३ को ज्यान लिएको छ।

यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड २५ लाखभन्दा बढी पुगेको छ। यहाँ कोरोनाका कारण १ लाख ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

भारत सरकारका अनुसार कुल संक्रमितमध्ये ७६ प्रतिशत संक्रमित महाराष्ट्र, छत्तीसगढ, कर्नाटक र पन्जाव राज्यमा छन्।

खोप कार्यक्रमपछि कोरोनाको जोखिम नियन्त्रण हुने अनुमानकाबीच संक्रमित तीव्र रुपमा बढेपछि विभिन्न राज्यले जोखिमलाई कम गर्न प्रतिबन्धका नियमहरु घोषणा गरेका छन्।

बीबीसीहिन्दीका अनुसार महाराष्ट्रमा कडा लकडाउनको नियम लागू भएको छ। यहाँ धारा १४४ लागू भएको हो।

यो लकडाउन आगामी शुक्रबारसम्म लागू हुनेछ तथा भीडभाडमा लागेको प्रतिबन्ध भने अप्रिल ३० सम्म लागू हुनेछ।

लकडाउन अवधिमा आवश्यक सुविधाको लागि बस, ट्रेन र ट्याक्सी चल्नेछ, पसलहरु खुल्नेछ तर कोरोनाविरुद्ध अपनाइनुपर्ने सावधानी भने मान्नुपर्नेछ।

अधिकारीहरुका अनुसार सोमबार बिहान ७ बजेदखि शुक्रबार साँझ ८ बजेसम्म मानिसहरु घरबाहिर निस्कन पाउने छैनन्।

त्यो बेलासम्म बाहिर निस्किएर भीडभाड गरेमा कारवाही हुनेछ। आवश्यक काममा निस्कने मानिसहरु एकै स्थानमा पाँच जनाभन्दा बढी भेला हुन पाउने छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .