ad ad

कारोबार


काभ्रेका विद्यार्थीलाई क्रिन्जल फाउन्डेसनको छात्रवृत्ति

काभ्रेका विद्यार्थीलाई क्रिन्जल फाउन्डेसनको छात्रवृत्ति

नेपालखबर
चैत २३, २०७७ सोमबार ५:५१,

आज एक भव्य कार्यक्रमका वीच काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकास्थित पार्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ।

क्रिन्जल फाउण्डेसन नेपालको शिक्षा दिक्षा कार्यक्रम अन्तर्गत वितरण गरिएको उक्त छात्रवृत्ति अमेरिकामा बसोबास गर्ने नेपाली विद्यार्थीहरुले गरेको आर्थिक सहयोगबाट गरिएको हो।

हाल अमरिकामा बसोबास गरिरहेका फाउन्डेसनका निर्देशक क्षितिराज लोहनीद्वारा आर्थिक संकलन गरी छात्रवृत्ति वितरण गरिएको जानकारी फाउन्डेसनका बोर्ड सदस्य तथा आर्थिक संयोजक आरजु लोहनीले जानकारी दिइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै लोहनीले यो छात्रवृत्ति प्राप्त गर्ने सबै विद्यार्थी क्रिन्जल पारिवारभित्र आबद्ध भएको र ती विद्यार्थीको शैक्षिक पक्षका अलावा अन्य पक्षको विकासमा समेत क्रिन्जलको दायित्व रहेको बताइन्।

No description available.

क्रिन्जलको यो छात्रवृत्ति पहिलो अभियानको रुपमा रहेको र आउँदा दिनहरुमा अरु थप क्षेत्रमा समेत आउँदा दिनमा विभिन्न कार्यक्रममार्फत सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन्।

क्रिन्जल फाउन्डेसनमार्फत यो छात्रवृत्ति विद्यालय सम्म महत्वपूर्ण भूमिका निर्वाह गर्ने पूर्वविद्यार्थी समुन्द्र तिमल्सिनाले कार्यक्रममा बोल्दै यो कार्यक्रमको श्रेय युवा वैज्ञानिक क्षितिजराज लोहनीलाई जाने कुरा राखे।

क्षितिजराज लोहनी आफूले विद्यालयमा अध्ययन गर्दा १५०० रुपैयाँ शुल्क तिर्न नसकेर विद्यालयबाट निष्काशन हुनुपरेको पीडा सम्झेर नेपालमा अध्ययन गर्ने विपन्न वर्गका बालबलिकाको शैक्षित सुनिश्चितताको लागि आफूले यो कार्यक्रमका लागि अमेरिकामा बसेर यस विद्यालयका विद्यार्थीका लागि सहयोग गर्न तत्पर रहेको जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि बेथानचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले दाता प्रति हार्दिक आभार वयक्त गर्दै यो सहयोगबाट प्रेरणा लिएर सदैव आफ्नो शैक्षिक उन्नयनमा लाग्न सम्पूर्ण विद्यारथीहरुलाई अनुरोध गरे।

यो सहयोगको कुनै दुरुपयोग नहुने र सम्पुर्ण छात्रवृत्ति रकम विद्यार्थीको सिकाइ प्रयोजनमा मात्र खर्च गरिने योजना अतयन्तै सह्राहनीय रहेको बताउनु भएको थियो। कार्यक्रमका सभापति तथा विद्यालय व्यावस्थापन समिति अध्यक्ष भगवान घिमिरेले विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक विकासमा संस्था मार्फत गरिएको सहयोग अत्यन्तै सह्राहनीय हुनुका साथै अन्य संस्थाका लागि समेत सिकाइको विषय रहेको जानकारी गराए।

No description available.

विद्यालय प्राधनाध्यापक गोविन्द प्रसाद शर्माले क्रिन्जल परिवारका सम्पुर्ण प्रतिनिधिहरुलाई विद्यालयको तर्फबाट स्वागत गरे।

यस कार्यक्रममार्फत विद्यालयको कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ३१ जना विद्यार्थीको लागि छात्रवृत्ति वितरण गरिएको थियो।

यस कार्यक्रममार्फत कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यर्थीका लागि प्रति विद्यार्थी पाँच हजार पाँच सय रुपैयाँ, कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी आठ हजार दुई सय पचास रुपैयाँ र कक्षा ९ र १० अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी ११ हजार रुपैयाँका दरले कुल दुई लाख छब्बीस हजार रुपैयाँ रकमको छात्रवृत्ति प्रदान गरिएको फाउन्डेसनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .