ad ad

समाज


एटीएम ह्याक गरी पैसा निकाल्ने चिनियाँ नागरिक पक्राउ

एटीएम ह्याक गरी पैसा निकाल्ने चिनियाँ नागरिक पक्राउ

नेपालखबर
चैत १८, २०७७ बुधबार ८:४३,

काठमाडौंको ज्याठामा एटीएम ह्याक गरी पैसा निकाल्न लागेका चिनियाँ नागरिक पक्राउ परेका छन्।

काठमाडौं प्रहरी परिसरले मेगा बैंकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्ने प्रयास गरिरहँदा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चिनियाँ नागरिक २९ वर्षीय योङ छियालोङ रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।

बैंकबाट खबर आउनासाथ दरबारमार्ग र काठमाडौं परिसरबाट प्रहरी खटिएको थियो। उनी ज्याठास्थित होटल मन्टेसको चौथो तलाको ४०५ नं कोठामा बसेका थिए।

Chinese ATM hacker saman 1पक्राउ परेका चिनियाँ नागरिकबाट बरामद सामग्री

उनी बसेको कोठा खानतलासी गर्दा १० वटा विभिन्न किसिमका चाबि, विभिन्न खालका एटीएम कार्ड १० थान, ड्रिल मेसिन, चीन, अमेरिका र नेपाली रकम लगायत बरामद भएको छ।

ती चिनियाँ नागरिक मंगलबार मात्रै नेपाल आएको पाइएको प्रहरीले जनाएको छ। उनले चीनमा हुँदै होटल बुक गरेका थिए।

उनले एटीएम मेसिन खोलेर सिरियल नम्बर फोटो खिचेका थिए। पैसा झिक्न भने पाएका थिएनन्। उनले धेरै बैंकमा क्षति पुर्‍याउने योजना देखिएको प्रहरीको अनुमान छ।

मेगा बैंकले समयमै खबर गरेका कारण ठूलो क्षति हुनबाट बचेको एसएसपी सिंहले बताए।

Chinese ATM hacker saman 2पक्राउ परेका चिनियाँ नागरिकबाट बरामद सामग्री

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .