एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ बस्ने २६ वर्षीय साजन राउतलाई पक्राउ गरेको छ।
राउतले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यसैबीच काठमाडौँ महानगरपालिका–२४ विशालबजार नजिकबाट स्रोेत नखुलेको नगद रु ३० लाख ५० हजारसहित शुक्रबार काठमाडौँ कालोपुल बस्ने गुल्मीका २५ वर्षीय गणेश पाण्डेसहित दुई पक्राउ परेको र उनीहरूको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
3
Shares
प्रतिक्रिया