काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागुऔषध ४०० एम्पुल डाइजेपाम, ४०० एम्पुल फेनारगन र ४०० एम्पुल नुर्फिनसहित शनिबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर, मनोहरी गाउँपलिका–७ बस्ने ३० वर्षीय सुनिल तामाङ रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा सिरहाबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५८६४ नम्बरको बसमा आएका उनलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।
काठमाडौँ महानगरपालिका–१४ बाट तीन केजी गाँजासहित २० वर्षीय आनन्द लामालाई पनि महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ। रासस
प्रतिक्रिया