ad ad

समाज


तीजलाई आडम्बरी र उत्ताउलो नबनाउन प्रशासनको आग्रह

तीजलाई आडम्बरी र उत्ताउलो नबनाउन प्रशासनको आग्रह

नेपालखबर
साउन २७, २०७६ सोमबार १२:५१,

काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीजलाई मौलिक, सभ्य, सुसंस्कृत, मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेको छ। कार्यालयका सूचना अधिकारी कृष्णबहादुर कटुवालले स्थानीय तह र स्थानीय प्रहरीको समन्वयमा तीजलाई मौलिक संस्कृतिका रुपमा मनाउन अनुरोध गरिएको जानकारी गराए।

काठमाडौंका स्थानीय तहका जनप्रतिनिधिले पछिल्लो पटक तीज मनाउने क्रममा मौलिक संस्कृति मेटिँदै गएको भन्दै प्रशासनमा आएपछि भड्किलो नभई शान्तिपूर्ण तरिकाले तीज मनाउन आग्रह गरिएको उनले बताए। ‘तीज चाडको आफ्नै मौलिक विशिष्टता एवं सामाजिक परम्परा कायम रहेको छ। माइती र चेलीलाई मात्र नभएर सिङ्गो समाजलाई जीवन्त, मौलिक र पारस्पारिक सम्बन्धलाई यसले जोडेको देखिन्छ’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ।

सूचनामा पछिल्लो समयमा तीज आउनुभन्दा धेरै पहिलेदेखि यस पर्वका नाममा बढ्दो तडक भडक, गहगरहना र लुगाको प्रदर्शन, आडम्बर, उत्ताउलोपन, फजुल खर्च, ध्वनी, प्रदूषण र चोरी हुने जस्ता बिकृतिजन्य क्रियाकलापले तीज पर्वको मौलिकतामा माथि आँच पुगको उल्लेख छ।

प्रशासनले छुट्टै सामाजिक र मौलिक विशिष्टता कायम रहेको तीजको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व कायम राख्नसमेत अनुरोध गरेको छ। केही वर्ष यता काठमाडौँमा तीज मनाउने क्रममा मौलिक संस्कृति विर्सँदै पार्टी प्यालेस, रेष्टुरेण्ट जस्ता ठाउँमा भड्किलो खर्च गर्दै मनाउन थालिएको छ। हिन्दू महिलाले सदियौँदेखि मनाउँदै आएको हरितालिका तीज यसवर्ष आगामी भदौ १६ गते परेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .