ad ad

समाज


भक्तपुरमा चारवटा बस ठोक्किए, १६ यात्रु घाइते

भक्तपुरमा चारवटा बस ठोक्किए, १६ यात्रु घाइते

नेपालखबर
साउन २६, २०७६ आइतबार ५:३६,

भक्तपुरको ठिमीमा आज (आइतबार) बिहान एउटा बसले अन्य तीनवटा बसलाई ठक्कर दिँदा १६ यात्रु घाइते भएका छन्।

प्रहरीका अनुसार काठमाडौंबाट सिन्धुली तर्फ जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बस आफैँ अनियन्त्रित भई सोही दिशातर्फ गइरहेका बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नम्बरका बसलाई ठक्कर दिएको हो।

मध्यपुर ठिमी नगरपालिका–३, गठ्ठाघरस्थित आकाशेपुलमुनि बिहान साढे ६ बजेतिर भएको दुर्घटनामा १६ यात्रु घाइते भएका छन्।

घाइतेमध्ये १३ जनालाई नागरिक अस्पताल र ३ जनालाई मध्यपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

चारै बस महानगरीय ट्राफिक प्रहरी प्रभाग (गठ्ठाघर)को नियन्त्रणमा राखिएको छ भने ठक्कर दिने बसका चालक सिन्धुली गोलानचोर गाउँपालिका-६ घर भई हाल काठमाडौं ताहचल बस्ने ३० वर्षीय दीपकराज ठकुरीलाई महानगरीय प्रहरी वृत्त (ठिमी) ले नियन्त्रणमा लिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइहेको रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .