ad ad

समाज


सेक्स टेप काण्डपछि राजीनामा दिए यी भारतीय मन्त्रीले

सेक्स टेप काण्डपछि राजीनामा दिए यी भारतीय मन्त्रीले

नेपालखबर
फागुन १९, २०७७ बुधबार १०:२४,

मन्त्री रमेश जारकिहोलीले एक महिलासँग यौन कार्य गरिरहेको छोटो भिडियो सार्वजनिक भएको हल्ला चलेपछि उनले राजीनामा दिएका हुन्।

सामाजिक अभियन्ता दिनेश कल्लाहल्लीले रोजगारी दिने प्रलोभन देखाएर मन्त्री जारकिहोलीले एक महिलाको यौन शोषण गरेको आरोप लगाएका छन्।

सामाजिक कार्यकर्ता तथा नागरिक हक्कु होरता समितिका अध्यक्ष कल्लाहल्लीले ती महिलाको परिवारका सदस्य न्याय माग गर्न आफूकहाँ आएको बताएका छन्।

कल्लाहल्लीका अनुसार उनीहरूको आरोप छ,‘मन्त्री रमेशले कर्नाटक पावर ट्रान्समिसन कर्पोरेसन लिमिटेड केपीटीसीएलमा रोजगारी मिलाइदिने नाममा यौन शोषण गरे। तर पछि कुरा फेरे।’

राजीनामा दिँदै रमेश जारकिहोलीले आफूविरुद्ध राजनीतिक षडयन्त्र भएको बताएका छन्।

उनले दिएको राजीनामालाई कर्नाटकका मुख्यमन्त्री बीएस यदीयुराप्पाले स्वीकृत गरेका छन्।

 जारकिहोलीले विपक्षी दलले आफूविरुद्ध राजनीतिक षडयन्त्र गरेको दाबी गरेका छन्।

उनले सार्वजनिक भएको भनिएको सेक्सटेप बनावटी भएको पनि दाबी गरेका छन्।

उनले भनेका छन्, ‘यसको पूरा अनुसन्धान हुन आवश्यक छ। अपराधीविरुद्ध मुद्दा हाल्न जरुरी छ। उनीहरू कसैलाई म चिन्दिनँ।’ हिन्दुस्तान टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .