ad ad

खेल


टी–२० शृंखलामा अस्ट्रेलियासँग न्युजिल्यान्ड उसकै भूमिमा पराजित

टी–२० शृंखलामा अस्ट्रेलियासँग न्युजिल्यान्ड उसकै भूमिमा पराजित

नेपालखबर
फागुन १९, २०७७ बुधबार १०:२३,

पाहुना टोली अस्ट्रेलियाले न्युजिल्याण्डलाई यसकै भूमिमा पराजित गर्दै पाँच खेलको टि–ट्वान्टी सिरिजमा उत्कृष्ट पुनरागमन गरेको छ।

अस्ट्रेलियाले घरेलु टोली न्युजिल्याण्डलाई ६४ रनले पराजित गर्दै सिरिज २–१ मा ल्याएको हो। जितसँगै यसअघिका दुवै खेलमा पराजित अस्ट्रेलिया सिरिजमा फर्किएको छ।

घरेलु टोली न्युजिल्याण्डले पहिलो खेल ५३ र दोस्रो खेल ४ रनले आफ्नो पक्षमा पारेको थियो।

अस्ट्रेलियाले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १७ दशमलव १ ओभरमा १ सय ४४ रन जोड्दा अलआउट भयो।

न्युजिल्याडले गतिलो सुरुवात गरेपनि मध्यक्रमका ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न नसक्दा हार भोग्न बाध्य भयो। पाँच ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन नसक्दा ओपनिङ ब्याट्सम्यान मार्टिन गुप्टीलले वोडेको ४३ रन नै न्युजिल्याण्डका लागि सर्वापधक रह्यो। २८ बलको सामना गरेका गुव्टीलले २ चौका र ३ छक्का हाने।

डेवन कन्वे ३८ रनको योगदान गरे। २७ बलको सामना गरेका कन्वे ५ चौका र १ छक्का प्रहार गरे। टिम सेफर्टले ४ रन थपे। कप्तान केन विलियमसन ९ रन जोड्दा एलबीडब्लु धरापमा परे।

त्यसअघि वेलिंग्टनको वेष्टपाक स्टेडियममा घरेलु टोली न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ८ रनको योगफल तयार पारेको थियो।

ओपनिङ ब्याट्सम्यान म्याथ्यु वेड ५ रनमै पवेलियन फर्के। दोस्रो विकेटका लागि कप्तान आरोन फिन्च र जोस फिलिपले ८४ रनको उत्कृष्ट साझेदारी गरे। २७ बलको सामना गरेका फिलिपले ३ चौका र १ छक्का हान्दै ४३ रनको योगदान दिए।

तेस्रो विकेटका लागि कप्तान आरोन फिन्च र ग्लेन म्याक्सवेल मिलेर ६४ रनको साझेदारी गरे। कप्तान फिन्च ६९ रनमा आउट भए। ४४ बलको सामना गरेका फिन्चले ८ चौका र २ छक्का हाने। ग्लेन म्याक्सवेलले ७० रनको महत्वपुर्ण योगदान गरे। म्याक्सवेलले ३१ बलमा ८ चौका र ५ छक्का हाने।

माक्युर्स स्टोइनिस ९ र मिचेल मार्स ६ रनमा नटआउट रहे। न्युजिल्याण्डका इस सोधिले २ तथा टिम साउथी र ट्रेन्ड बोल्टले एक एक विकेट लिए।

सिरिजअन्तर्गत शुक्रबार चौंथो तथा आईतबार पाँचौ तथा अन्तिम खेल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .